दुख पर्दा आफ्नो भन्ने भगवान होइनरछ:गजल

दुख पर्दा आफ्नो भन्ने भगवान होइनरछ
आसु झार्न हुनै पर्ने जवान होइनरछ

रितिको कुरा गर्छन थितिको कुरा गर्छन
आफ्नो संस्कार कुल्चने यी महान होइनरछ

धक्कु लाउने बिदेसिको , स्वदेसी लाइ बिर्सिएर
फुस्रा गफमा झार्ने यिनी बलवान होइनरछ

हत्या गर्छन आफ्नैहरु, मोर्नु मर्छन कस्ले खोज्ने
बेबारिसी लास हुने ठाउ चिहान होइनरछ




फेसबुकमा पनि

0 प्रतिक्रियाहरु यो जानकारीका लागि: