तिम्रो फोन उठाए, रहर थिएन, प्यार भुलुक्क
हेलो ! हजूर भने, कहर थिएन, प्यार भुलुक्क

मन त थियो एउटा मिठो झापड़ हानु त्यो गालामा
बरु! भेट्ने कसरी, प्रहर थिएन, प्यार भुलुक्क

अर्काकी छोरी, नक्चरी मोरी, लाग्दो किन प्यार
गफै दिई पट्टाउने, लहर थिएन, प्यार भुलुक्क

भेट्नु पर्छ, रंगीन रातमा, तैसे आफ्नो कहाँ हुन्छे
मैले खोज्या समर्पणको, सहर थिएन, प्यार भुलुक्क

Lister Live FM

तिम्रो आसमै मरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।
तुलसी मठमा सरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।

रिसाउने बानी तिम्रो, पोल्दा मेरो मुटु कान्छी
अन्तिम आशु झरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।

एक्लो शरीर मरेको ज्यान, बगर छेउमा लतपतदीदा
कुकुर गिद्ध चरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।


फेसबुकमा