दम्भसंग को अपराजित


मिति :२०६९ कात्तिक १५ बुधबार,रातको ८ बजे 
प्रकृति संग यात्रा
           सायद अमेरीका एउटा अभिछिन्न यात्रामा जुटेको छ । तर चुम्न सबैमा चुनौति छ । त्यो चुनौति आज सामना गरिरहेछ । २०६९ कात्तिक १५ बुधबार ।
           मानिसले मानिसलाईनै दम्भ दिन्छ, अदृष्य शक्तिलाइए पनि दिन्छ अनि यति मात्र नभएर प्रकृतिलाई समेत आफ्नो शक्तिको पर्दशन गर्दै विरताको सिंदुर दल्छ, तर निर्थक यात्राको तयार थियो यो । पाखुरीको बैशमा उम्लिएको तर ठोस देखाइले मात्तिएको थर्काइ थियो जब प्राण भित्र अव्यबहारीक र अविवेकी सभ्यताको सुई रोपिन्छ तव प्रष्फुटित हुँदै जान्छन् यी चारित्रीक योजनाहरु ।
             विरलै होलान् यो समाजमा किनकि रगत नजानी नजानी चुसिन्छ यहाँ, थियो त ऊ जानेको हो भने वस्ने त थिएननी झिंगा यो स्थललाई राज्य ठानेर । यो विडम्बना नै हो यो समाजको, समाज भित्रको । यहाँ काल्पनिकता भित्र लुकेको चुनौति छ तर चुनौति पूरा गर्ने अठोटमा दिमाग भक्भकाएको छ । यो पक्षनै गलत हो ।
            यो संसारमा संसारलाई बाध्ने एकमात्र कथा छ । यहि कथाको निश्चितताको गहिराइको सिमा नापीरहेछ तर सोहि आँखाले आदिमतामा लुकेको रहस्यलाई शिरोपण गर्न सक्दैन अनि बुझ्ननै खोज्दैन भने नजिकिने दुरीको समाप्ती नजिकिदै छ । उदाहरण सोहि समय(२०६९/०७/१४) को हो ः पूनः सामून्द्रीक यात्राको आखा प्रकृतिसंग । सेवा गरे मेवा अवश्य पाइन्छ । 
             मानिसको असभ्यताको खिल आज प्रकृतिलाई डस्ने औजार बनेर होला पूनः होसीयारी दिएको छ, रिसाएको प्रकृतिलाई छुने त के सम्झने सम्म चेष्टा गर्न नभ्याउदै विध्वशं पारिसकेछ, परेली ननिभ्दै अमेरिकन जातलाई । यहि यात्रामा पाएको फल थियो सेवाको वापत मेवा । 
            यात्रा आफै निभेछ प्रकृतिसंग । त्यसैले पितलो गन्तब्य, प्रकृतिसंग यात्रा ।





२०६९ कात्तिक महिनाको १४ गतेको रातको समयसंगै स्याण्ड्रो नामक आधिँतफानले अमेरीकालाई विध्वशं नै पा¥यो । स्वयम पृथ्वीलाईनै एक सेकेण्डमा ध्वस्त पार्न सक्छु भनेर दम्भ गर्ने राज्यलाई एकमात्र सामून्द्रीक आँधीले तहसनहस पारिदियो । लगभग २०० कि.मि. प्रतिघण्टाको दरले बगेको तफान तफान क्यानडा तर्फ प्रबेश गर्दै छ । अमेरिकाको न्यूयोर्क देखि लिएर स–साना राज्यमा समेत अरबौं डलरको क्षती बनायो । लगभग ढेडसय जनाको मृत्यु भयो । त्यसैले प्रकृतिभन्दा वलियो कोहि छैन जतिनै दम्भको मानसिकता बोकि हिडे पनि सर्बश्रेष्ठ प्रकृतिनै हो । यहि सन्र्दभमा लेखिएको यस सानो रिपोट म रिमझिम रिमेश बाट ।

1 comment: