मेरो प्रेम पत्र तिम्रो लागी मात्र



लेखकः रिमेश [Rimesh]                                                                                          Date:2069/03/08/ Friday

               फेरिएका सोचाइ, बदल भएका भावना, परिवर्तीत समय तथा कालखण्ड । तर फरकताको आभास यहा लुकेको छ, विल्कुलै फरक धारमा, त्यो पनि म भित्र । फरक शब्द भने होइन , सत्यतानै फरक बनेर अगाडि उभिएको छ, मेरो सामु, यहाँ, अहिले अनि बर्तमान प्रहरमा । फरकताको आभास म स्वयम पनि गर्न नसेकेको condition मा कसरी तिमीसामू पोख्न सकौला“ र मेरा भावनाहरु हैन ?
               मन पराउने र नपराउने कुरा कहाँ हुन्छ भनेर search गरीरहदा तिम्रो facebook profile मा हेरेर पत्ता लगाउन पनि खोजेको त हुँ तर प्रयास बिफलनै भो । तिमी व्यस्त मान्छे के को facebook र twitter चलाएर बस्थ्यौँ र । तिम्रो study तिम्रो प्राण भन्दा प्यारो होला हगि ?
                तिम्रो मनको भावनाहरु बुझ्न मैले धेरै संर्घस त गरे तर कहाँ म र तिमी । तिम्रो निकटता मेरो लागी अझै छोटोनै भएको हुनु पर्छ किनकि मात्र एक बर्षको कहानि यति छोटो र अपूर्ण लागिरहेको छ । फेरी म छोटो समयको पावन्दीमा गहिराइका भावना बुझ्न भने चाहेन । किनकि मेरो सपनामा तुसारोपात आयो भने मलाई असह्य पीडा हुनेछ । फलस्वरुप म दुःखित हुनेछु । म पिडामा हुर्कन नचाहाने मान्छे । त्यसैले म पिडा पाउने कामनै गर्न नखोज्नु बुद्धीमान ठानेको छु । मेरो चाहानाको कुरा गर्दा यति हो कि तिम्रो र मेरो जुधाइ मुस्कान बनोस्, भेटाइ पल बनोस्, निकटता भावना बनोस् जो सदा सर्बदा आफ्नो मुटुमा save गर्न सकूँ । मैलै तिम्रो र मेरो सम्बन्ध आत्मिय तवरले एउटा नया यौवन फुल बनोस् भनेर पुकारुला वा नपुकारुला तर एउटा नया साथीत्वको दोवाटो बनोस् भनेर चाहेकैँ छुँ ।
               म आत्माको मेल मिलाउन चाहाने मान्छे, तर थाहा छ, एकल प्रयास असम्भव छ, यहाँ । फलत म यो कष्ट गरिरहेको छु । म तिमिबाट पाउने त्यो प्रेम नतिजाको पर्खाइमा छु, किनकि आत्मियताको आभास न्यानो प्रेमले दिन्छ । म न्यानो प्रेमको भोको मान्छे, सिक्न चाहान्छु त्यो न्यानो प्रेम । सायद प्रेम बिनाको समय सिक्न मलाई साच्चै गाह्रो महशुष भएको छ । म कुन तवरले मुल्याङ्कन गर्न सक्छु भने तिमीविनाको आजसम्मको मात्र calender को ३ दिन मेरो लागी महिनौ झै लागीरहेछ किनकिन ? अनि फेरी यसरी यती लामो समयको महशुष हुदा पनि देखाउन सकेकै छैन, मुटु मात्र तड्पिएको छु । खै किनकिन ?
                 मलाई फेरी अतितको याद आउदा कता कता तिम्रो आभास नआए पनि तिमिजस्तै चञ्चले अनि नशालु पाराले हेराइ दिने एउटा साथीको सम्झना चाहि आइरहन्छ । त्यो समय नै त्यस्तै भनु वा प्रेम शब्दको भावनात्मक अर्थ चिन्ने समयको अभाव । मेरो प्रेम सो समयमा पनि थियो । तर पनि मेरो र उनको नजर त परको कुरा हो, बोल्ने साहस पनि जुटाउन, कि केहि किताबि ज्ञानको बारेमा सोध्ने बाहाना पार्नु पथ्र्यो वा केहि सहयोग माग्न सक्ने हिम्मत बटुल्न पथ्र्यो । तर त्यती काम पनि गर्न नसकेर म बिभस बनिरहन्थे । त्यैपनि त्यो माया अलिकति पनि कमि चाहि थिएन । तर आत्मविश्वास भने थिएन । त्यो पल आज पनि पश्चाताम बनेर अगाडि आइरहन्छ । मेरो त्यो प्रेम आज यो संसारमा कहिल्लै पूरा नहुने तवरले बिदा भएको छ । म कसरी उनको त्यो सम्झना बिशर्न सकूँला र खै ? साथीहरुसंगै खोलामा पौडिन जादा खोलाले बगाएर बेपत्ता बनाएपछि मेरो पहिलो प्रेमको कहानि टुङ्गाएर मेरो लागि मात्र हैन सम्पूर्ण समाजलाई अलबिदा भन्दै यो संसारबाट बिदा त भइन तर आज मेरो नजर त्यही ठाउमा छ । त्यो मेरो एकोहोरो प्रेम थियो तर पनि गाढा । आज मेरो पहिलो प्रेमको नजर अनि स्मृति तिम्रो आखामा र भावनामा कुदिरहेको जस्तो लाग्छ । हो, त्यसैले तिमीलाई माया गर्ने नीउमा कतै अर्को प्रेम पनि गुमाउने त होइन डर पनि लाग्छ । अनि फेरी प्रेमको आभास गर्न नपाउदै कतै खेल खत्ताम हुने त होइन यो पनि डर लागीरहेछ । खै के गरुँ ? के गरुँ ? तर पनि प्रेम डरले पखाल्दो रहेछ । त्यो prove म गर्न खोज्दैछु ।
                 म नियमित बग्न नसक्ने तरल हुँ किनभने मेरो वगाइ कहिल्लै स्वतन्त्र हुदैन । कहिले तिमीसंग संगै हासेर बोल्दा ति पलहरुमा बग्न थाल्छु , कहिले तिम्रो स्वतन्त्रताको पकडमा रम्दै बग्न थाल्छु अनि कहिलेकाहि तिम्रो सुन्दरतामा हराउन थाल्छु र स्मृतिसंग बगिरहेको हुन्छु । मेरो अध्यनमा मानव प्राणीहरुको बसोबास स्थल जमिन हो भनेर पढेपनि त्यो कतै गलत पनि होकि जस्तो लाग्छ । किनभने जब म पुस्तकको अध्ययन गर्दा ति शब्दलाई गोडेकि पो छौकि जस्तो लाग्छ , कहिलकाहि म स्वतन्त्ररुपमा घुमिरहदा मेरो एक्लो पनमा साथ दिन पवन बनेर कानेखुसि गरेरहिकि छौ जस्तो लाग्छ । त्यस्तै गरी म जुन स्थानमा जान्छु त्यहा तिमिनै पाएको महशुष गरिरहेको हुन्छु अनि कहिलेकाहि एकान्तमा हराएर बस्दा तिम्रै आवाजले सम्बोधन गर्दै चिच्चाएको जस्तो लाग्दथ्यो ... रिमेश..रिमेश..रिमेश । खै किन यस्तो भइरहेछ त्यो पनि यति बढि मैले यथार्थमा मतलब भने पत्ता लगाएकोने छैन । के भो के भो ? अचेल ? लाग्छ , म तिमै्र प्रेममा हराएको छु । यदि प्रेम रोगीलाई पनि कुने फोबिया भन्न मिल्छ भने त्यो फोबिया मेरै सामु छ ।
मेरो अवका पल अनि क्षण एउटा अविस्मरणिय बनोस् भन्ने चाहान्छु । तिम्रो र मेरो प्रेम एउटा समाजकै लागी प्रशंषा गर्न योग्य बनोस् भन्ने चाहान्छु । हवस् त भनेर कुने पनी तिम्रो मेरो सम्बन्ध नटुङ्गीयोस् भन्ने चाहान्छु । हाम्रो प्रेम यस्तो जुन हर समाज अनि विश्वले याद गरोस् अनि प्रशंषा पनि गरिरहदोस् उदाहरणिय बनेर ।
              अब मलाई तिमिबाट पाउने आश पनि धेरै नभएपनी एउटा न्यायो प्रेमले दिने खुसि भने साचेर बसेको छु । मेरो लागी खुसि पाउने लक्ष्य बनाएर बसेको छु । अचेल मलाई तिम्रो काखमा लुटपुटिएर गोधुलि साझमा प्रेमको संसारमा हराउने दिन प्रतिक्षाको घडि बन्न थालेको छ । आखाको पहिलो देखाइ तिम्रो र मेरो जुधाइ बन्ने दिन मेरो लागी प्रतिक्षाको घडि बन्न थालेको छ । त्यस्तै युगल जोडि बनेर विश्व विख्यात बन्ने समय मेरो प्रतिक्षा हो । लाग्छ अव मेरा लक्ष्य यिनै मेरो लक्ष्य पुराहुन दिने काधहरु तिम्रा हुन् मात्र तिम्रा । जसले भविश्यमा पूनः पश्चाताप दिओस् । मेरो त्यो पहिलो पछुतो अनि आजका मितीले तिमिसंगको अन्तिम भेटको दिन, जब कलेज सदाको लागी टुङ्गिएर विदा हुदै छुट्टिएर जाने क्रममा भन्थ्यौ नि तिमि, “ BG life मा हुर्केकाले सुन्दर बगैचामा पुगेसी miss गर्लान् त फेरी ? के यो friendship को relation continue हुन्छ होला र अब पनि ? खै के सम्झेलान् र उतै बगैचामा पुगेसी रङ्गीविरङ्गी वmुलको बास्नानै मिठो हुन्छ हैन र ?” हो यहि शब्दको प्रतिउत्तार नदिएर गल्ति गरेको हो कि जस्तो लाग्छ । मैले सोहि दिन अनि सोहि बखतमा प्रति उत्तार दिनुनै पर्ने थियो “फूल त आफु मात्र फुल्छ तर रितु त हरबखत फुलीरहन्छ । जब रितु प्रतिकुल हुन्छ तब मात्र बगैचा सुन्दर हुने हो त्यसैले बगैचा सुन्दर बन्न पनि रितुनै बढि बढि सुन्दर बन्नु पर्छ हैन ?, त्यसैले त्यस्तो मान्छे कहा पो होला र बगैचाका दुइदिने माया दिने फुललाई सम्झिएर सदा सर्बदा साथ दिने यो रितुलाई बिर्षने हँ ?

तिमिलाई हरपल माया गर्ने
रिमझिम रिमेश, सदा सम्झना तिम्रो लागी रितु




फेसबुकमा पनि


1 comment: