केहि ७ ओटा मेरा मुक्तकहरु : जिगर देखि फिगर सबै, टाईट भापो च्वाक

मुक्तक  १
रंगीन संसार छ हाम्रो प्रेम बजारमा ।
मात्र लाग्छ तिमि सुन्दर, यिनै हजारमा ।

म संग त शब्द छैन प्रपोज गर्ने क्यारी भन
तिमि आफै बुझ सानी, मेरो नजारमा ।

मुक्तक  २
बुढो साइकील चलाउने, जवाना थियो
नत्थी किन्दी फकाउने, जवाना थियो ।

बोल्न पनी डराऊने, रिसाएको स्वांग पार्दा
अर्की लेराई सताउने जवाना थियो ।

मुक्तक   ३
#कमेडी_मुक्तक
जिगर देखि फिगर सबै, टाईट भापो च्वाक
रफ गरेको प्वाल सित, पाईंट भापो च्वाक

संगै डिस्को संगै बार, जाने बेला सजिलोलाई
नाच्ने बेला कम्मर पुग्ने, हाईट भापो च्वाक

मुक्तक  ४
कुरा गर्न की माया हुनु पर्छ ।
नत्र की दायाँ की बायाँ हुनु पर्छ ।

घुमाउनु छ भन्दै छौ भने साथी
गोजिभरि टन्न रुपयाँ हुनु पर्छ ।।

मुक्तक  ५
म सोच्थे प्रेम एउटा धार हुनु पर्छ ।
परी आउदा प्रयोग गर्ने औजार हुनु पर्छ ।

मेरो खाटी कुरो गर्दा समेत झ्याऊ लाग्छ भन्ने तिमि,
अब भने मेरो उत्तर की वार की पार हुनु पर्छ ।।

मुक्तक  ६
कुरोमा कुरो थपेपो च्याटमा मजा,
खै आको भन्दै जपेपो च्याटमा मजा ।

एक्लै आफ्नो प्रश्नमात्र तेर्साउनु कति,
म्यासेज रिप्ले खपेपो च्याटमा मज़ा ।।

मुक्तक  ७
तिमी खुलेर बोल्दा मन आनंद हुन्छ,
कुरा चुलेर बोल्दा मन आनंद हुन्छ ।

मेरो माया प्रकटलाइ बुझेर पनी 
भाब घुलेर बोल्दा मन आनन्द हुन्छ ।।


फेसबुकमा पनि 

0 प्रतिक्रियाहरु यो जानकारीका लागि: