प्यार भुलुक्क

तिम्रो फोन उठाए, रहर थिएन, प्यार भुलुक्क
हेलो ! हजूर भने, कहर थिएन, प्यार भुलुक्क

मन त थियो एउटा मिठो झापड़ हानु त्यो गालामा
बरु! भेट्ने कसरी, प्रहर थिएन, प्यार भुलुक्क

अर्काकी छोरी, नक्चरी मोरी, लाग्दो किन प्यार
गफै दिई पट्टाउने, लहर थिएन, प्यार भुलुक्क

भेट्नु पर्छ, रंगीन रातमा, तैसे आफ्नो कहाँ हुन्छे
मैले खोज्या समर्पणको, सहर थिएन, प्यार भुलुक्क

0 प्रतिक्रियाहरु यो जानकारीका लागि: